ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा–सेतीवेणी–रिडी सडकको स्तरोन्नति शुरू

२०७७ फागुन, ५  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । गण्डकी र लुम्बिनी प्रदेशका डाँडैडाँडा विस्तार भएको पोखरा–सेतीवेणी–रिडी सडकको स्तरोन्नतिको काम शुरू भएको छ । सरकारले चालू वर्षमा बजेट नीति तथा कार्यक्रममा समावेश गरेको यो सडक ८० किलोमिटरको छ । उक्त सडक खण्ड अन्तर्गत पर्वतको महाशिला गाउँपालिकाबाट कालोपत्र गर्न शुरू गरिएको हो ।

पर्यटकीय राजधानी पोखराबाट गुुल्मीको धार्मिक पर्यटकीय गन्तव्य रिडीसम्म पुग्ने पोखरा रिडी सडकमा कालोपत्रको काम शुरू भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हालै कालोपत्रको शिलान्यास गरेका थिए ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको सडक विस्तार भइरहेको छ । नयाँ ट्र्याक खोल्दै बीचका केही खण्डमा कालोपत्रको काम शुरू गरिएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ ।  सडकको अधिकांश भागमा ट्र्याक खुलिसकेको र स्तरोन्नतिको काम समेत शुरू भएकाले सेतीवेणीदेखि पोखरासम्म पक्की सडक पुग्ने प्रदेश सरकारले बताएको छ । यो सडक पोखराको लेकसाइडबाट शुरू भर्ई कास्कीको पामे–भदौरे हुँदै पर्वतको राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिवेणी–सेतीवेणीबाट गुल्मीको रिडीसम्म पुग्छ ।

सडकमा पुल समेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्भर्ट बनाए पुग्ने देखिएको सडक विभागले बताएको छ । यो सडकमा पोखरादेखि सेतीवेणीसम्म साइकल लेनसमेत बनाउने तयारी भएको छ । पर्यटकीय गन्तव्यमा साइकल लेन समेत निर्माण हुने भएकाले मुलुककै नमूना सडक बन्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे लगायत धार्मिक तथा पर्यटकीय क्षेत्र समेत जोड्ने भएकाले यो सडक महत्त्वपूर्ण मानिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्