ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७७ फागुन, ५  
लगानी
Image Not Found

फागुन ५, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपीओ) मा आजसम्म आवेदन दिन सकिने छ ।

गत माघ ३० गतेदेखि कम्पनीले जारी गरेको रु. ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयरमा आज बैंकिङ्ग समयभित्र आवेदन दिन सकिने छ । हालसम्म १४ लाखभन्दा बढी आवेदकले आवेदन दिसकेका छन् । 

निष्कासित कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्