ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले २५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ६७८ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ३४८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २१ गते ८औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले सभा आफ्नै केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा बिहान ११ बजे बोलाएको हो ।  

हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्