फागुन ५, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर विक्रीका लागि फागुन ५ गते (आज)बाट शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरेको हो । उक्त संस्थापक शेयरहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले फागुन २३ गते अपरान्ह ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रु. ५०१ तोकिएको छ ।
आवेदक हरुले प्रति कित्ता के कत्ति दररेटमा लिन कबुल गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्न सक्नेछन् । उक्त आवेदन फागुन २३ अपरान्ह ४ बजे सानिमा क्यापिटल लिमिटेड, पुतलिसडक काठमाडौंमा खोलिने छ । उक्त दिन विदा परेमा कार्यालय खुलेको दिनमको अपरान्ह ४ बजे खोलिनेछ ।