काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजनाको वितरणका लागि सप्लाएर ट्यांकीबाट जमिनमुनि पाइप बिछ्याउँदै कामदार । कोरोना संक्रमणका कारण ६ महीना धकेलिएको उक्त आयोजना नेपाल सरकारको कुल रू. एक अर्ब २७ करोडको लागतमा सम्पन्न हुँदैछ । आयोजनाबाट तेमाल र रोशी गाउँपालिका तथा नमोबुद्ध नगरका करीब नौ हजार ३१० परिवारका ५५ हजार लाभान्वित हुनेछन् । तस्वीर : रासस