फागुन ५, काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू. १ हजार १०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू ८९ हजार ८०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १ हजार १०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. एक हजार ३६० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. २० ले घटेको हो ।