ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३.१० अंकले बढेर २६०४.६१ विन्दुमा नेप्से परिसूचक (१२ बजेको अपडेट) 

२०७७ फागुन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । बुधवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३ दशमलव १० अंकले बढेर २ हजार ६०४ दशमलव ६१ विन्दुमा पुगेको छ ।   

२ हजार ६१९ दशमलव ८१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव १२ प्रतिशतले बढेको हो । 

कारोबारको पहिलो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको २२ हजार १३२ पटकको कारोबारमा ३८ लाख ९५ हजार ९८८ कित्ता शेयरको रू. २ अर्ब १९ करोड ५२ लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४३ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४९७ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्