फागुन ५, काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक स्थिर रहेको छ । कारोबारको पहिलो घण्टामा ३ दशमलव १० अंकले बढेको नेप्से दोस्रो घण्टामा ३ दशमलव ११ अंकले नै बढेको हो ।
यस अवधिमा परिसूचक शून्य दशमलव १२ प्रतिशतले बढेर २ हजार ६०४ दशमलव ६२ विन्दुमा पुगेको छ ।
कारोबारको दोस्रो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास कम्पनी र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
दोस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. ४ अर्ब ९ करोड १८ लाख २७ हजार बराबरको खरीदविक्री भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक स्थिर रहेको छ । बैंकिङ, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६४ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४९७ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ३९४ मा रू. २९ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।