फागुन ५, काठमाडौं । बुधवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १ दशमलव ८६ अंकले बढेर २ हजार ६०३ दशमलव ३७ विन्दुमा पुगेको छ ।
शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको रू. ५ अर्ब ६४ करोड २५ लाख ४६ हजार बराबरको खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, अन्य र म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६७ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४९७ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ३८८ मा रू. ३५ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।