फागुन ५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बुधवार सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ । कारोबारको तेस्रो घण्टासम्म कम्पनीको ६८ करोड ७ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो ।
आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको मूल्य भने निरन्तर सर्किट लेभलमै बढीरहेको छ ।
प्रतिकित्ता रू. ३४० देखि खुलेको निफ्राको शेयर मूल्य बुधवार सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेर रू. ४९७ पुगेको छ । कम्पनीको उक्त अवधिसम्म १३ लाख ७४ हजार २५४ कित्ता शेयर कारोबार भएको छ ।