ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८ अर्बमाथिको शेयर खरीविक्री, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी

२०७७ फागुन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५ , काठमाडौं । शेयर बजारमा बुधवार रू. ८ अर्ब ३ करोड ५५ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ ।

२०३ ओटा कम्पनीको ७६ हजार ६३० पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर कारोबार भएको हो । अघिल्लो दुई कारोबार दिनमा रू. १० अर्बभन्दा बढीको कारोबार भएकोमा बुधवार कारोबार रकममा कमि आएको हो । 

यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीको बुधवार सर्वाधिक रू. ६९ करोड ४३ लाख ६१ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबारसँगै यो दिन उक्त कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. ३४० देखि खुला भएको कम्पनीको शेयरमूल्य कारोबारको चौथो दिन अन्तिम मूल्य रू. ४९७ कायम भएको हो ।

उक्त कम्पनीपछि नबिल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ४१ करोड १६ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. २६ ले बढेर रू. १ हजार ३९१ कायम भएको छ ।

बुधवार नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशत अर्थात ९ दशमलव ९४ अंक बढेर २ हजार ६११ दशमलव ४५ विन्दुमा पुगेको छ । यो दिन बजार २ हजार ६१९ दशमलव ८१ विन्दुदेखि खुला भएको थियो । बजार खुला भएको एक मिनेटमै २ हजार ६२३ दशमलव ६४ विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत बढेर ४७५ विन्दुमा पुगेको हो । 

यस दिन बजारमा उतारचढाब देखिएपनि बैंकिङ र व्यापारिक समूहले सर्वाधिक कमाएका छन् । यो दिन व्यापारिक समूहको २ दशमलव शून्य २ प्रतिशत, बैंकिङको १ दशमलव ५८ प्रतिशत, विकास बैंकको शून्य दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५७ प्रतिशत परिसूचक बढेको हो । 

बाँकी सात ओटा समूहको परिसूचक भने यो दिन घटेको छ । होटल र जलविद्युतको शून्य दशमलव ७५ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य २ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४८ प्रतिशत, लघुवित्तको १ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ७७ प्रतिशत परिसूचक घटेको हो । 

बुधवार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँगै कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ८९ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ८३ प्रतिशत र समृद्धि फाइनान्सको शेयरमूल्य ९ दशमलव ५० प्रतिशत बढेको छ ।
 

यो दिन कर्पोरेट डेभलपमेण्टको प्रतिकित्ता रू. ६५ ले बढेर अन्तिम मूल्य रू. ७२२, हिमालयन उर्जा विकास कम्पनीको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४ र समृद्धि फाइनान्सको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १९६ कायम भएको हो । 

यसदिन सनराइज फष्र्टको इकाईमूल्य सर्वाधिक ४ दशमलव ५३ प्रतिशतले घटेको छ । प्रतिइकाई रू. शून्य दशमलव ५६ ले घटेर यस फण्डको इकाई मूल्य रू. ११ दशमलव ८० कायम भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्