ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मूल्य समायोजनपछि पनि रू.५२ ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य 

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । 

नेप्सेले कम्पनीको प्रस्तावित २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ३४८ को आधारमा मूल्य समायोजन गरी रू. २ हजार ६७८ तोकेको हो । 

मूल्य समायोजनपछिको पहिलो कारोबार दिन बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२ ले बढेर रू. २ हजार ७३० पुगेको छ । रू. २ हजार ८०० मा खुला भएको कम्पनीको शेयर मूल्य न्यूनतम रू. २ हजार ७०० र अधिकतम २ हजार ८११ सम्म पुगेको थियो ।  

कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले फागुन २१ गते ८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछिको मूल्यमा शेयर खरीद गरेकाहरुले कम्पनीको प्रस्तावित लाभांश पाउने छैनन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्