ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन, १५ लाख ८० हजारभन्दा बढी आवेदक

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओ भर्ने अन्तिम दिनसम्मा १५ लाख ८० हजार ७८१ जना आवेदकले २ करोड ४६ लाख ६६ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हो ।

यसअघि नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओमा १५ लाख ५० हजार आवेदकले आवेदन दिएका थिए । पछिल्लो समय आईपीओ भर्ने आवेदकको संख्यामा वृद्धि भएको छ ।

छोटो समयमा नै आकर्षक लाभ प्राप्त हुने हुँदा आईपीओतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । पछिल्लो समय विभिन्न कम्पनीले आईपीओ निष्कासन बाँडफाँट गरेको एक हप्तादेखि १५ दिनमा नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकृत भएर दोस्रो बजारमा करोबारमा आउने गरेको छ ।

जसका कारण पनि आईपीओ भर्नेको संख्या आगामी दिनमा बढ्ने देखिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्