ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धरानमा अनलाईन ‘सप अर्डर’ सञ्चालनमा

२०७७ फागुन, ५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता


फागुन ५, धरान । दैनिक उपभोग्य वस्तु, तरकारीजन्य वस्तु, लत्ताकपडा, फुड आइटम, विभिन्न इलक्ट्रोनिक्स आइटमलगायत घरायसी वस्तुहरुको अनलाईन व्यापारका लागि ‘सप अर्डर’ मंगलवारदेखि सञ्चालनमा आएको छ । 

धरान–१५ स्थित भानुमार्गमा धरानका युवाहरुले सञ्चालनमा ल्याएको ‘सप अर्डर’ धरान उपमहानगरपालिकाका प्रमुख तिलक राइले उद्घाटन गरेका हुन् । 

उद्घाटन गर्दै प्रमुख अतिथी राईले ल्यापटप मार्फत राजनीतिक पुस्तकको अर्डर लिएका थिए । सप अर्डरको धरानका नगर प्रमुख तिलक राईले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सप अर्डर प्रालिका अध्यक्ष सुमन लिम्बुले घरैमा पुगेर सेवा पुर्‍याउने उद्देश्यले सप अर्डर सञ्चालनमा ल्याएको बताए । 

उद्घाटन भएको दिनदेखि १ महीनासम्म हरियो तरकारी, फलफुल र किराना आइटममा निःशुल्क डेलिभरि सेवा दिने प्रालिले जानकारी दिएको छ । यस्तै, फुड आइटममा एक सातासम्म १० प्रतिशत छूटको व्यवस्था हुनेछ भने एक सातासम्म सेवा लिने ग्राहकहरुलाई लक्की ड्र कुपन दिएर ३ जना विजेतालाई विशेष उपहार दिइने पनि अध्यक्ष लिम्बुले बताए । 

बिहान ८ बजेदेखी साँझ ७ बजेसम्म फोन, इन्ष्टाग्राम र वेबसाइटबाट सामान अर्डर गर्न सकिने प्रालिले जानकारी दिएको छ । प्रालिले २०० रुपैयाँसम्मको अर्डर लिने र भानुचोकदेखि ५ किलोमिटर क्षेत्रमा २५ रुपैयाँ डेलिभरि शुल्क लिनेछ । 

त्यसबाहेक दूरी अनुसार ४० देखि १५० सम्म पनि शुल्क लिने अध्यक्ष लिम्बूले बताए । धरानसँगै तरहरा, इटहरी, यांगशिला, सतिसाले, चतरा, चक्रघट्टीसम्म सेवा दिने प्रालिले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्