ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिट्क्वाइनको भाउ बढ्ने क्रम जारी 

२०७७ फागुन, ५  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ५, टोकियो (जापान) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ बढ्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ । बुधवार प्रतिगोटा बिट्क्वाइनको भाउ पहिलो पटक ५१ डलरभन्दा माथि उक्लियो । 

बुधवार बिहान बिट्क्वाइनको भाउ ५१ हजार ७३५ डलर ३८ सेन्टको उच्चतम् विन्दुमा पुगेको क्वाइन डेस्कको डेटाले देखाएको छ । यो समाचार तयार पार्दाखेरि भने यसको भाउ घटेर ५१ हजार ४१३ डलर ३८ सेन्टमा झरेको थियो । 

यद्यपि, यो अघिल्लो दिनको तुलनामा २ दशमलव २५ प्रतिशत धेरै हो । बिट्क्वाइनको सृजना सन् २००९ मा विश्वव्यापी वित्तीय संकट लगत्तै भएको हो । यसलाई परम्परागत बैंकिङ प्रणालीलाई विस्थापित गर्ने साधन ‘डिजिटल गोल्ड’को रुपमा प्रवर्द्धन गरिएको थियो । मूलधारका लगानीकर्ता र मुख्य लगानी बैंकहरुले यसलाई निकै ढिला अपनाए । 

विश्वको कयौं देशमा यो अझै पनि प्रतिबन्धित छ । तर पेपल, मास्टरकार्ड र टेस्ला जस्ता ठूला कम्पनीहरुबाट पाएको समर्थनका कारण हालैका दिनमा यसको भाउ आकाशिएको छ । यसको भाउमा पछिल्लो समय भएको वृद्धिले धेरै लगानीकर्ताहरुलाई सन् २०१७ को बूलको झल्को दिएको छ । 

त्यतिबेला पनि भाउ करीब २० हजार डलरमा पुगेपछि ८० बिट्क्वाइको भाउमा ८० प्रतिशतको कमी आएको थियो । सन् २०२० मा चार गुणा बढेको बिट्क्वाइनको भाउ यस वर्षको अहिलेसम्मको अवधिमा ७० प्रतिशतले बढिसकेको छ । एजेन्सी  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्