फागुन ५, काठमाडौं । कुमारी बैंकले रू. ८० करोड बराबरको ‘कुमारी इक्वीटी फण्ड’ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १४ गतेदेखि सो फण्ड सर्वसाधारणहरुमा निष्कासन तथा विक्री खुला गर्ने भएको हो ।
कुमारी ईक्वीटी फण्ड कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएकोे १० वर्षे बन्दमुखि योजना हो ।
कम्पनीले रू. १० अंकित दरको ८ करोड इकाइको ईक्वीटी फण्डमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकको लागि सुरक्षित राखी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो ।
उक्त योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
आवेदकले न्यूनतम एक हजार इकाई र अधिकतमा ८० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिने व्यवस्था रहेको छ । योजनाकको विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।