ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साउनदेखि मल्टीमोडल ट्रान्सपोर्ट

२०७७ फागुन, ६  
१० वर्ष अघि
NA

नेपालमा आगामी साउनदेखि मल्टीमोडल ट्रान्सपोर्ट (बहुविधिक ढुवानी) सुरु हुने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त सेवा सञ्चालनका लागि इन्टर स्टेट मल्टी मोडल ट्रान्सपोर्ट प्रालिलाई अनुमति दिएको छ । सेवा सञ्चालनपश्चात् सामान खरिद गरिएको मुलुकबाट वीरगन्जको सुख्खा बन्दरगाहसम्मै एउटै कागजातको आधारमा ढुवानी हुनेछ । हाल जल, हवाई, सडक र रेलमार्गबाट ढुवानी हुँदा प्रत्येक माध्यममा छुट्टै ढुवानीकर्ता र कागजात आवश्यक पर्छ ।

मल्टीमोडल ट्रान्सपोर्ट सेवा एक देशबाट अर्को देशमा दुई वा सोभन्दा बढी यातायातका माध्यमबाट मालसामान ढुवानी हुँदा पनि एउटै ढुवानीकर्ता कम्पनी र एउटै कागजात प्रयोग हुने प्रणाली हो । यसअन्तर्गत पानी जहाज, हवाईजहाज, रेल र सडक यातायात पर्छन् । यो प्रणालीमा ढुवानी सेवा सञ्चालकले सुरूमा बनाएको एउटै कागजातबाट सबै सामान गन्तव्यसम्म पु¥याउन सक्छ । यो अवधारणा सन् १९५० मा बेलायत र त्यसपछि अमेरिका हुँदै एसियाली मुलुकमा विकास भएको हो ।

कानुनको अभावमा नेपालमा यो प्रणाली लागू हुन सकेको थिएन । मल्टीमोडल ऐन निर्माण गर्दा संयुक्त राष्ट्र संघको व्यापार तथा विकासम्बन्धी अभिसिन्ध (अन्कटाड) को मान्यतामा आधारित हुनुपर्छ । अन्कटाडले सन् १९६४ मा यससम्बन्धी एउटा कानुन बनाएको थियो । नेपालमा २०६३ सालमा यससम्बन्धी ऐन बने पनि नियमावलीको अभावका कारण लागू हुन सकेको थिएन । २०६६ कात्तिकमा मात्र नियमावली आएको थियो ।

अंक ३९, २०६७, जेठ १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्