ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच

२०७७ फागुन, ६  
कर्णाली प्रदेश
NA

कालीकोट । कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका ९ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औंलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ । ती आयोजनाबाट गाउँपालिकामा दुई हजार ७०० घरधुरीमध्ये दुई हजार १०० घरधुरीमा बिजुलीबत्ती बलिसकेको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिए ।   
 
उनका अनुसार बाँकी ५०० घरधुरीमा केही महीनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । ‘गाउँपालिकाको वडा नं १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा नं ८ मा विद्युत् छैन,’ उनले भने, ‘ती ठाउँमा अहिले विद्युत्का पोल गाड्ने काम भइरहेको छ ।’ बत्ती नबलेका ती ठाउँमा एक÷दुई महीनामै बिजुली बत्ती बाल्ने योजनासाथ काम गरिरहेको संयोजक बमले बताए ।

‘पलाँता गाउँपालिका विद्युत्मा आत्मनिर्भर भइसकेको छ,’ उनले भने, ‘विद्युत् नपुगेका वडामा पनि विद्युत् यसै आर्थिक वर्षमा पु¥याउने लक्ष्य राखिएको छ ।’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताए । ‘मैले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा करीब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्,’ उनले भने ।

ऊर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असहायका लागि विद्युत् महशुल छूट गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्