ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाराका चार उद्योगमाथि मुद्दा दायर

२०७७ फागुन, ६  
प्रदेश ०२
NA

वीरगञ्ज । गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठगी गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले चार उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बाराका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आएको पाइएकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत बिक्की राउतले बताए ।  

ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको राउतले जानकारी दिए ।     

अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा छन् । ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थको मुद्दा बढी रहेको छ । कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ ओटा र दाना नमूना १० ओटा संकलन गरी परीक्षणका लागि जनकपुरस्थित प्रयोगशालामा पठाएको छ ।  
   
यसैगरी कार्यालयले खाद्य उत्पादन गर्ने उद्योग तथा दाना उत्पादन गर्ने करीब एक सय उद्योगमा स्थलगत निरीक्षण गरेको छ । पर्सा र बारामा रहेका दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट देखिएकाले ती उद्योगमाथि निगरानी बढाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्