ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करीब १५ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालन

२०७७ फागुन, ६  
प्रदेश ०२
NA

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्ब लागतमा स्थापना गरिएको सौर्य सिमेन्ट उद्योगले उद्योगले परीक्षण उत्पादन शुरू गरेको छ ।

शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गतेदेखि क्लिंकर उत्पादन गरिरहेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए । क्लिंकर उत्पादन शुरू भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने बताइएको छ ।

सो उद्योगबाट ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गरिने उद्योगले बताएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ । उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुंगा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालित रूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्