ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोलुखुम्बुमा फोरजी सेवा पुनः सञ्चालन

२०७७ फागुन, ६  
प्रदेश ०१
Image Not Found

सोलुखुम्बु । सोलुखुम्बुमा फोरजी सेवा पुनः सञ्चालनमा आएको छ । नेपाल टेलिकमको जिल्ला कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलु दूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको कांगेलमा उक्त सेवा सुचारु भएको हो ।     

सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै फोरजी सेवा सञ्चालन भइसकेको टेलिकमले बताएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्र सेवा सञ्चालन गर्नेगरी काम भइरहेको कार्यालय प्रमुख पन्थीले बताए ।

यसैगरी छिमेकी जिल्ला खोटाङमा २८ ओटा फोर लेग टावरमध्ये चारओटा सञ्चालनमा आएका छन् । जिल्लाको दिक्तेल, रूपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ ।

यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रूपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्