ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

७ हजार २०० हेक्टर जमीनमा सिँचाइ

२०७७ फागुन, ६  
वाग्मती प्रदेश
NA

हेटौंडा । आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालो ट्युबवेल मार्फत सिँचाइ गर्न थालेका छन् । यी दुई जिल्लाका ७ हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालो ट्युबवेलको माध्यमबाट सिँचाइ सुविधा पुर्‍याइएको छ ।

बाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याएको बताएको छ । २०७२ का स्थापना भएको सो कार्यालयले हालसम्म सर्लाहीमा ३६ ओटा डिपबोरिङ तथा एक हजार ५०० स्यालो ट्युबवेल जडान गरेको छ । कार्यालय स्थापना भएको हालसम्ममा रौतहटमा ४१ वटा डिपबोरिङ र एक हजार स्यालो ट्युबवेल जडान गरी सिँचाइ सुविधा पुर्‍याइएको छ । जमीनमा पानीको सतह निकै तल गइसकेकाले धेरै तल गएर पानी निकाल्नुपर्ने अवस्था रहेको कार्यालयका इन्जिनीयर मनोज खतिवडाले जानकारी दिए, जसकारण विगतको तुलनामा जडान खर्च पढेको छ । सामान्यतया एउटा डिपबोरिङ जडान गर्न १ करोड २५ लाख तथा एउटा स्यालो ट्युबवेल निर्माण गर्न १ लाख खर्च लाग्ने गरेको उनको भनाइ छ ।    

लालबन्दी नगरपालिकाको हिरापुरमा एक करोडको लागतमा डिपबोरिङ जडान शुरू भएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्