ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मध्यपहाडी राजमार्ग : लमजुङ खण्डको निर्माण अघि बढ्यो

२०७७ फागुन, ६  
गण्डकी प्रदेश
NA

लमजुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ खण्ड निर्माणले गति लिएको छ । २०७२ सालदेखि निर्माण थालिएको उक्त सडकखण्ड अन्तर्गत लमजुङमा साढे ४८ किलोमिटर पर्छ ।

सडकले जिल्लाको राइनास नगरपालिकास्थित लमजुङ र गोरखाको सिमाना चपेनदीदेखि सुन्दरबजार नगरपालिका हुँदै मध्यनेपाल नगरपालिकासम्म समेटेको छ । लमजुङ खण्डको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताए । अनुसार हालसम्म जिल्लामा साढे ३७ किलोमिटर सडक निर्माण भएको छ, जसमध्ये साढे १४ किलोमिटर मात्र हालसम्म कालोपत्र सम्पन्न भएको छ । चेपेनदी पाउँदीसम्म ११ किलोमिटर र रातोमाटो किरेन्चेखण्डको साढे तीन किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । विवादका कारण सुन्दरबजार नगरपालिकाको वडा नं ७ देखि वडा नं ५ सम्म पर्ने पाउँदीदेखि किरेन्चेसम्मको ८ किलोमिटरमा काम हुन सकेको थिएन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय आयोगका उपाध्यक्ष, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ लगायतको टोलीले सो नगरका प्रमुख, जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसहित अन्य पक्षसँग सहमति गरेर लोकमार्गको काम अघि बढाउन थालेको छ । सोहीअनुसार हालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेको प्रमुख गुरुङको भनाइ छ । त्यस्तै, किरेन्चेदेखि रातोमाटोसम्मको १६ किलोमिटर खण्डमध्ये साढे तीन किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ । हालसम्म यस भागको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका इञ्जिनीयर बबिता शर्माले बताइन् । उनका अनुसार सोही रातोमाटोदेखि मिदिमखोलासम्मको सात किलोमिटरको भागमा निर्माण कार्य अघि बढिरहेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङमा चालू आवभित्र ३० किलोमिटर सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले बताएको छ । लक्ष्यअनुसार काम चालू आवसम्ममा कालोपत्र सडक साढे ४४ किलोमिटर पुग्नेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्