ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेवानि–लुम्बिनी बौद्ध विश्वविद्यालय सम्झौता

२०७७ फागुन, ६  
बजार
NA

काठमाडौं (अस) । नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ । दुई पक्षबीच नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्व विद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाबीच प्रयास गरिनेछ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ट क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् ।

नेपालको बहुआयामिक विकासका लागि उड्डयनका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने सम्झौतामा उल्लेख छ ।

पर्यटन र बुद्ध दर्शनसँग सम्बन्धित विशेष कार्यक्रम बनाउन एवं त्यसलाई कार्यान्वयन गर्नेबारे पारस्परिक समझदारी र सहयोगको आधारमा गरिनेछ ।

उड्डयन एवं पर्यटन क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ ।

लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । सम्झौता चार वर्षका लागि गरिएको यो सम्झौता । भविष्यमा नवीकरण गर्न सकिनेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्