काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले अपांगता संरक्षण नेपाललाई १ सय ५० थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले सहयोग गरेको हो ।
बैंक सञ्चालक प्रा. डा. हेमराज सुवेदीले उक्त सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरे । बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्टिविहीनलाई आवतजावत र दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकको छ ।
हाल बैंकले ९० शाखा, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ