काठमाडौं (अस) । कुमारी बैंक र बनेपाको धुलिखेलस्थित ३ तारे होटल आगन्तुक रिसोर्टबीच ग्राहकलाई विशेष छुट दिन सहकार्य भएको छ ।
सहकार्यपछि बैंकका ग्राहकले रिसोर्टका विभिन्न रेस्टुरेन्ट तथा आउटलेटको खानपिनमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी बैंकका खातावालले स्वास्थ्य क्लब सदस्यता, कोठा शुल्क, स्विमिङ पुल उपयोगमा समेत १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंककी बनेपा शाखा प्रबन्धक नवीना वैद्य र आगन्तुक रिसोर्टका कार्यकारी अधिकृत हरिप्रसाद नेपालले हस्ताक्षर गरे ।
बैंकले हाल देशव्यापी १ सय ९२ शाखा, १ सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा दिँदै आएको छ ।