ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दश शय्याको नगर अस्पताल सञ्चालन

२०७७ फागुन, ६  
गण्डकी प्रदेश
Image Not Found

पर्वत । पर्वतको फलेवास नगरपालिकामा–१० शय्याको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको ‘एक पालिका एक अस्पताल’ कार्यक्रम अन्तर्गत नगरपालिकाले उक्त क्षमताको अस्पताल सञ्चालनमा ल्याएको हो ।

वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरू गरिएको नगर स्वास्थ्य शाखाले बताएको छ । गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलोपटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो ।   

अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी छन् । अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए ।

नगरप्रमुख पदमपाणि शर्माले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्