ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गल्छी–रसुवागढी सडक विस्तार ६५ प्रतिशत सम्पन्न

२०७७ फागुन, ६  
वाग्मती प्रदेश
Image Not Found

नुवाकोट । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तार ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभीर काटिएको छ भने बाँकी स्थानका भीर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

उनका अनुसार धादिङको गल्छीबाट रसुवाको स्याफ्रुबेसीँसम्म निर्माण भइरहेको सडकको काम बर्खायाम र कोरोनाका कारण प्रभावित भएकोमा अहिले तीव्रगतिमा अघि बढेको छ ।
‘निकै कठिन मानिएको बेलकोटगढी–७ स्थित कल्चौडीभीर २ वर्ष लगाएर काटिएको छ भने बुधसिंहघाटस्थित भीर काट्ने काम अघि बढाउन लागिएको छ,’ योजना प्रमुख भण्डारीले भने, ‘मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायत कारण काममा उत्पन्न हुँदै आएका अवरोध हटाउँदै निरन्तर रूपमा अहिले समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको हो ।’

धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्न ८२ किमी सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरू भएको थियो । यो योजना २०८० भित्र पूरा गर्ने नयाँ लक्ष्य बनाइएको छ ।     

सडक निर्माणअन्तर्गत निर्माण व्यवसायीमार्फत भइरहेको ४६ किमीको गल्छीबाट त्रिशूली हँुदै वेत्रावतीबाट मैलुङसम्मको काम कोभेक–तुदीँ–रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ । नेपाली सेनामार्फत ट्र्याक खुला गरिएको मैलुङ–स्याफ्रुबेँसी खण्डको १९ किमी सडक भारत–सिद्धिसाई जेभीलाई कालोपत्र गर्ने जिम्मेवारी दिइएको छ ।  

‘चीनसँगको सीमा क्षेत्र रसुवागढीबाट धादिङको गल्छीसम्म सडक निर्माणका लागि नेपाल सरकारले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा कामको जिम्मेवारी दिएको थियो,’ योजना प्रमुख भण्डारीले भने, ‘कार्यालय स्थापनाको समयमा ९ अर्ब ५० करोड बजेट प्रक्षेपण गरेको भए पनि त्यो रकम अपुग भएको छ ।’

योजना अन्तर्गत तीन स्थानमा गएका ठूलो पहिरो, मुआब्जा विवरण, १२ स्थानमा पैदलयात्रुका लागि आकाशे पुल र सल्लेटारस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलमा फ्लाइओभर ब्रिज (आकाशे पुल)को आवश्यकता देखिएसँगै योजनाको लागत २० अर्ब पुग्ने देखिएको छ । योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका १६ ओटा पुलको प्रगति ५० प्रतिशत छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्