फागुन ६, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले जारी गरेको १ हजार रुपियाँ प्रतिऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने रु. १ अर्ब बराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले आज बैंकिङ्ग समयपश्चात् आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन फारम नलिन निर्देशन दिएको हो । बैंकले छिटोमा माघ २६ गतेसम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि फागुन ६ गते बैंकिङ्ग समयसम्म समय थप गरेको थियो ।
कम्पनीले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ ।
१० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिएको कम्पनीले बताएको छ ।
ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।