ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७७ फागुन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार (आज) अन्तिम दिन रहेको छ । 

कम्पनीको यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने तयारी गरेको हो ।

प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले फागुन २२ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त सभा प्रयोजनका लागि कम्पनीले ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीहरु मात्र प्रस्तावित लाभांश पाउन योग्य भएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्