फागुन ६, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश बिहीवार (आज)सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् ।
कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितको लागि फागुन २५ गते १८औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि फागुन ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य भएका हुन् ।
सभा एनआईसी शिक्षालय हल नक्सालमा बिहान १०:३० बजे सभा आयोजना हुने भएका हो । कोभिड–१९ महामारी जोखिमका कारण साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीको तयारी छ । सभामा भाग लिने सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सहभागी गराईने कम्पनीले बताएको छ ।