फागुन ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २४ दशमलव ४८ अंकले बढेर २ हजार ६३५ दशमलव ९२ विन्दुमा पुगेको छ ।
२ हजार ६३४ दशमलव ४७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ९४ प्रतिशतले बढेको हो ।
कारोबारको पहिलो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ दशमलव ८६ र ९ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ ।
पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको २८ हजार २९३ पटकको कारोबारमा ४९ लाख ५१ हजार १२० कित्ता शेयरको रू. २ अर्ब १६ करोड ९८ लाख बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३६ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५४६ मा कारोबार भइरहेको छ ।