ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी : बिहीवार ६०० को गिरावट

२०७७ फागुन, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । बिहीवार स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजार २०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८९ हजार ८०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ६०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ७५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार ३३५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. ५ ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्