ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१८.८० अंकले बढेको बजारमा नेपाल हाइड्रोको शेयरमूल्य १०% ले वृद्धि (१ बजेको अपडेट) 

२०७७ फागुन, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १८ दशमलव ८० अंकले बढेर २ हजार ६३० दशमलव २५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ७२ प्रतिशतले बढेको हो । 

कारोबारको दोस्रो घण्टामा नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्णली डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको रू. ४ अर्ब ४ करोड ९५ लाख ५९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४३ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५४६ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्