ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाले डब्लूएचओलाई २० करोड सहयोग गर्ने        

२०७७ फागुन, ६  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ६, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) लाई आर्थिक सहयोग गर्ने भएको छ ।

डब्लूएचओलाई यसअघि अमेरिकाले दिंदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिंदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेका थिए।     

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधवार अमेरिकाले डब्लूएचओलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए ।     
     
उनले अमेरिकाले सो रकम यसै महीनाको अन्त्यसम्ममा डब्लूएचओलाई दिने भएको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उनले सो कुरा बताएका हुन् ।    

विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले डब्लूएचओलाई यो रकम उपलब्ध गराउन लागेको हो भनेका छन् । हालको विश्वव्यापी महामारीका क्रममा डब्लूएचओलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए ।     
     
गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए ।यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो ।

पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका डब्लूएचओको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए। जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए ।रासस/ सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्