फागुन ६, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २८ दशमलव २७ अंकले बढेर २ हजार ६३९ दशमलव ७१ विन्दुमा पुगेको छ ।
१ दशमलव शून्य ८ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको रू. ५ अर्ब ९१ करोड ४३ लाख ४२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४६ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५४६ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ९७९ मा रू. ४६ करोड ५४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।