फगुन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले गेटवे पेमेन्ट सर्भिस प्रालिलाई ‘भुक्तानी प्रणाली सञ्चालक’ को अनुमति दिएको छ ।
अनुमति पाएसँगै कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।
कम्पनीले आगामी दिनमा विभिन्न माध्यमबाट नेपालमा सरल रूपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाई नेपालका ठूला तथा मझौला व्यापारीले उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारमा विक्रीवितरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
कम्पनीले एनआईसी एशिया बैंकसँग सहकार्य गरेर कम्पनीको दुरदृष्टि लक्ष्य प्राप्त गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको जानकारी दिएको छ ।