फागुन ६, काठमाडौं । महालक्ष्मी विकास बैंकले बाल सारथी विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरी स्थित उक्त विद्यालयलाई भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप रू. पाँच लाख सहयोग प्रदान गरेको हो ।
बिहीवार विद्यालयको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रू. पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।
देशभर १०३ ओटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।