ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नर्भिकमा स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया सेवा

२०७७ फागुन, ७  
बजार
NA

काठमाडौं (अस) । नर्भिक इन्टरनेसनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।

भारतका प्रतिष्ठित स्वास्थ्य संस्थामा रहेर महिलामा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक  तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीको उपचार थालेकी हुन् । उनले हाल नर्भिक अस्पतालमा प्रत्येक साताको सोमबार र बुधबार स्तन क्यान्सरपीडित महिलालाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छन् । उनको ओपिडी सेवा लिन चाहने महिलाले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ । नेपालका अन्य केही अस्पतालमा समेत स्तन क्यान्सरको उपचार हुने गर्छ । तर, ती अस्पतालमा उपचार तथा शल्यक्रिया गर्ने सर्जन पुरुष मात्र छन् । महिलाको संवेदनशील अंग भएका कारण उनीहरूले महिला सर्जनसँग सहज अनुभव गर्ने र संभवतः डा. कार्की नेपालकै पहिलो र एक मात्र स्तन क्यान्सरको उपचार गर्ने महिला सर्जनसमेत हुन् । डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्