काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्ध प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका कर्मचारी एवं डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । हाल बैंकले २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।