ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएमबी बैंकको सीईओमा पुनः केसी

२०७७ फागुन, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनील केसी पुनः नियुक्त भएका छन् । केसीको पहिलो चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिँदै थियो ।

बैंकको फागुन ५ गतेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । चैत १ गतेदेखि लागू हुने दोस्रो कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ ।

केसीको कार्यकालले बैंक व्यवस्थापनमा राम्रो प्रभाव परेकाले भविष्यमा पनि सोहीअनुसारको जिम्मेवारी पूरा गर्ने अपेक्षासहित बैंक सञ्चालक समितिले पुनः नियुक्त गरेको बताएको छ ।

बैंकिङ क्षेत्रमा ३१ वर्षको अनुभव सँगालेका  केसीको पहिलो कार्यकालमा बैंकले ओम डेभलपमेन्टसँग मर्जर र कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति प्रक्रिया पूरा गरिसकेको छ ।
हाल बैंकको चुक्ता पुँजी रु. १४ अर्ब ४४ करोड ४७ लाख ५३ हजार रहेको छ ।

चार वर्षमा यस बैंकले अधिकतम ३५ प्रतिशतसम्म लाभांश दिएको छ । आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफाबाट बैंकले गत वर्ष २१ प्रतिशत बोनस शेयर र  १४ प्रतिशत करसहित नगद लाभांश दिएको हो ।

गत वर्ष वाणिज्य बैंकमध्यकै सर्वाधिक लाभांश दिन बैंक सफल भएको थियो । यस वर्ष भने बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव २ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकले आफ्नो व्यवसायलाई बढाउँदै लगेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले रु. १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म रु. १ खर्ब ४२ अर्बभन्दा बढी निक्षेप संकलन गरेको बैंकले रु. १ खर्ब ३७ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब ५० करोड ९६ लाख ९२ हजार रहेको छ । बैंकको वितरणयोग्य मुनाफालाई मात्र आधार मान्दा दोस्रो त्रैमाससम्मको लाभांश वितरण क्षमता १० दशमलव ४५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्