ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गेट वे पेमेन्टलाई भुक्तानी प्रणाली सञ्चालकको अनुमति

२०७७ फागुन, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले गेट वे पेमेन्ट सर्भिस प्रालिलाई भुक्तानी प्रणाली सञ्चालकको सञ्चालन अनुमतिपत्र दिएको छ ।

कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ गराएका थिए । कम्पनीले विभिन्न माध्यमबाट नेपालमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै यसलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ठूला तथा मझौला व्यापारीद्वारा उत्पादित वस्तु  तथा सेवाको सर्वसुलभ रूपमा अन्तर्राष्ट्रिय÷राष्ट्रिय बजारमा बिक्री वितरण गर्न सहयोग पुर्‍याई व्यवसायीलाई आत्मनिर्भर गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । कम्पनीले नेपालमा विभिन्न देशबाट भुक्तानी ल्याउन एनआईसी एशिया बैंकसँग सहकार्य गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्