काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ८, जयबागेश्वरीमा रहेको बाल सारथिलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायतास्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
बाल सारथिको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभाग प्रमुख दीपाञ्जली खकुरेलले बाल संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरिन् ।
उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकालाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिन् । बैंकले हाल १ सय ३ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।