काठमाडौं (अस) । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले काठमाडौंमा कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकलार्ई च्यासिस हस्तान्तरण गरेको छ ।
व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेसनल अपरेसन सञ्जय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिस हस्तान्तरण भएको हो ।
नेपालमा हरेक लामो दूरी रुटमा भाइकिङका गाडी चल्दै आएका छन् । भाइकिङ २२२ रुटमा चल्नेमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन छ, जसले गर्दा इन्धन कम खपत हुन्छ ।
यसको मर्मत खर्च पनि न्यून छ । यसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएकाले १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा
गर्न सकिन्छ ।
रियर एयर सस्पेन्सन, डाइरेक्ट ड्राइभ एसी, इनलाइन फ्युलपम्प साथै धेरै माइलेजका कारण यो अरू गाडीभन्दा फरक र विश्वासिलो रहेको दाबी कम्पनीको छ ।