ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालको सामुदायिक होमस्टे नेटवर्कलाई अन्तरराष्ट्रिय पुरस्कार

२०७७ फागुन, ७  
वाग्मती प्रदेश
NA

काठमाडौं । संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनद्वारा आयोजित पर्यटन रूपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक होमस्टे नेटवर्क विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत दिगो विकास लक्ष्य (एसडीजी)का आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रूपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मानित भएको हो । संयुक्त राष्ट्रसंघ इन्नोभेशन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करीब १० हजार प्रारम्भिक प्रस्ताव परेका थिए । तीमध्येबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै एसडीजीमा योगदान पुर्‍याउने १८ देशका २५ विजेता निर्णायक मण्डलले छनोट गरेको हो ।

विश्व पर्यटन क्षेत्रका विज्ञहरूको निर्णायक मण्डलले एसडीजीमा योगदान पु¥याउने सम्भाव्यता, उनीहरूको ‘स्केलअप’ गर्ने क्षमता, प्रडक्ट र व्यवस्थापनको परिपक्वताको मूल्यांकन गरेको थियो । एसडीजीको प्रगतिका लागि विशेष महत्त्व र योगदान दिन सक्ने २५ ओटा विश्वव्यापी विजेतामध्ये अमेरिकाका ९, यूरोपका आठ, एशिया–प्रशान्त क्षेत्रबाट ६ र अफ्रिका तथा मध्यपूर्वी क्षेत्रबाट एक÷एक विजेता बनेका छन् ।

सामुदायिक होमस्टे नेटवर्क (सीएचएन)का संस्थापक शिवप्रसाद ढकालले समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयाम उजागर गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्