ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने तयारी

२०७७ फागुन, ७  
गण्डकी प्रदेश
NA

बागलुङ । भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या समाधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ । जिल्लाका दशओटै स्थानीय तहसँग सहकार्य गरेर तथ्यांक संकलनको काम भइरहेकाले डेढ वर्षमै  काम सक्ने तयारी रहेको आयोगको सचिवालयले बताएको छ ।    
 
केही दिन पहिला पदभार ग्रहण गरेका पदाधिकारीले धमाधम काम थालेका छन् । पहिलो चरणमा स्थानीय तहहरूसँग सम्भौताको काम भइरहेको छ । आयोग बागलुङका अध्यक्ष कृष्णप्रसाद पाठकले नेपालमा भूमिसम्बन्धी समस्या धेरै लामो समयदेखि रहेको भन्दै विगतमा पनि आयोग, कार्यदल र समिति बने पनि समस्या समाधान गर्न नसकेको बताए ।    
 
यसपटक गठन भएको आयोगले जनताको चित्त बुझ्नेगरी काम गर्ने उनको भनाइ थियो । प्रारम्भिक तथ्यांकअनुसार बागलुङमा भूमिहीन दलितको संख्या ९२८छ । सुकुमवासीको सख्या ६२० र अस्थायी बसोवासीको संख्या ४ हजार ७६९ रहेको छ । भूमिहीनका लागि महानगरपालिकादेखि नगरपालिकासम्म १३० वर्गमिटर जग्गा प्रदान हुन्छ । अन्य क्षेत्रमा ३४० वर्गमिटर जग्गा प्रदान गरिन्छ । अव्यवस्थित बसोवासीका सन्दर्भमा उनीहरू कहाँ छन् र कति जग्गामा छन् भनेर खोजी गरेर व्यवस्थापन हुने उनले बताए । सबै राजनीतिक आस्था भएका भूमिहीनले अपनत्व बोध गर्नेगरी काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्