ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

म्याग्दीमा प्रथम चौंरी महोत्सव शुरू

२०७७ फागुन, ७  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधवारदेखि प्रथम चौंरी महोत्सव शुरू भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौंरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव ६ दिनसम्म सञ्चालन हुनेछ । चौंरी संरक्षण, चौंरीका उत्पादनको बजारीकरण, चौंरीको महŒव र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए । ‘पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौंरी देखाएर पर्यटक भिœयाउने उद्देश्यले महोत्सव आयोजना गरेका हौं,’ उनले भने ।

महोत्सवमा कृषक र विज्ञहरूबीच चौंरीको महŒव, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौंरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ । महोत्सवमा आउने पाहुनालाई चौंरी देखाउने र यसको महत्त्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्