ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत सूचना प्रणाली सञ्चालन

२०७७ फागुन, ७  
प्रदेश ०१
NA

मोरङ । विराटनगर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधवारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् । पोर्टलमा विगत ६ महीनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीका सल्लाह र सुुझाव समावेश गर्ने व्यवस्था समेत मिलाइएको छ । पोर्टलमा आगलागी, बाढी, भूकम्प, दुुर्घटना, प्रदूषण तथा भूक्षयजस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले, कुुन ठाउँमा भयो भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिनेछ ।  

महानगर प्रमुुख भीम पराजुुुलीले पोर्टलको शुुभारम्भ कार्यक्रममा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि उपयोगी हुुने बताउँदै नगरमा यस कार्यका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको जानकारी दिए । जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउने भन्ने विषय सबैको सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।     

गृह मन्त्रालयको संयोजनमा ११ ओटा मन्त्रालय र विभागको सहकार्यमा सञ्चालनमा ल्याइएको सो प्रणाली महानगरले विधिवत् रूपमा शुुभारम्भ गरेको नगर विपद् व्यवस्थापन सम्पर्क अधिकृत राजेन्द्र प्रधानले बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्