ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

२०७७ फागुन, ७  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सदस्यद्वय वसन्तीकुमारी सिंह शाही, भक्तबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (४) बमोजिम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गठित सिफारिश समितिले फागुन २ गते उनीहरूको नाम सिफारिश गरेको थियो । सोही सिफारिश बमोजिम तीनै जनालाई प्रदेश प्रमुख कलौनीले अध्यक्ष र सदस्य पदमा नियुक्त गरेका हुन् ।  नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख कलौनीका साथै सदस्यद्वय शाही र खड्कालाई अध्यक्ष उपाध्यायले शपथ ग्रहण गराएका हुन् । प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमै प्रदेश लोकसेवा आयोग कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । तर हालसम्म कार्यालयको व्यवस्थापन नभएकाले नवनियुक्त पदाधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थापना गरिएको अस्थायी कार्यालयमा रहेर काम गर्ने छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्