ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन

२०७७ फागुन, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार दुई ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो । 

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ५०५ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ७५५ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितको लागि कम्पनीले फागुन २५ गते १८औं वार्षिक साधारणसभा बोलाएको छ । सभा एनआईसी शिक्षालय हल नक्सालमा बिहान १०:३० बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

त्यस्तै, नेप्सेले नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३६४ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य रू. १ हजार ४४३ मा अन्तिम कारोबार भएको थियो । 

कम्पनीको यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २२ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्